 
                             
                                            सुर्खेत- काठमाडौँ वर्ल्ड स्कुलले सुर्खेतमा नेपाल टुर कार्यक्रम गर्ने भएको छ। आउँदो शनिबार (जेठ २७ गते) सुर्खेतको वीरेन्द्रनगरमा विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा विद्यार्थीको अभिभवकको सहभागितामा शैक्षिक कार्यक्रम गर्न लागिएको हो।
अबको शिक्षा कस्तो हुनेलगायत विषयमा केन्द्रित भएर कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ। कार्यक्रममा स्कुलका चियरमेन डाक्टर इ. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायत व्यक्तिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा शिक्षाको विषयमा उनीहरूको प्रशिक्षात्मक प्रस्तुति पनि राखिनेछ।
काठमाडौँको विशिष्ट स्कुलका रूपमा स्थापित काठमाडौँ वर्ल्ड स्कुलले पछिल्ला दिनहरूमा बहुउपयोगी शिक्षाका लागि काठमाडौँबाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलको दाबी छ।
जेठ २७ गते हुने कार्यक्रममा सहभागी भएर शिक्षा क्षेत्रको विकासबारे लाभ लिन स्कुलले सबैमा अनुरोध गरेको छ। छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ। स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ।
स्कुलले आफ्ना पूर्वाधार र सुविधासमेत अत्याधुनिक र सुविधा सम्पन्न रहेका दाबी गरेको छ। कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिँदै आएको स्कुलका चियरम्यान डाक्टर ई. झाले बताए।
स्कुलले जेठ २६ गते दाङ र जेठ २८ गते धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने बताएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 