घरभाडा नबढाउन चितवन वाणिज्य संघको अपिल

हिमाल प्रेस २१ जेठ २०८० १०:२३
4
SHARES
घरभाडा नबढाउन चितवन वाणिज्य संघको अपिल

चितवन– व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ। आर्थिक मन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै संघले यस्तो आग्रह गरेको हो।

कोभिड-१९ पश्चात् सिर्जित अवस्था एवम् बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको संघको भनाइ छ।

औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको संघले जनाएको छ।

आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालन रूपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको संघले जनाएको छ।

संघले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर/सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारो परेको उल्लेख गरेको छ।

‘घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न संघले सबैमा अपिल गरेको छ,’ संघका अध्यक्ष चुननारायण श्रेष्ठद्वरा जारी अपिलमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast