शिक्षक र कर्मचारीको तलब नबढे देशव्यापी आन्दोलन गर्ने महासंघको चेतावनी

हिमाल प्रेस १८ जेठ २०८० १८:३८ | Thursday, June 1, 2023
शिक्षक र कर्मचारीको तलब नबढे देशव्यापी आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको माग सम्बोधन नगरे शिक्षक महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले विज्ञप्ति जारी गर्दै बालविकासका शिक्षक र कर्मचारीको तलब सेवा सुविधाको विषय बजेटमा उल्लेख नभएको भन्दै विरोध जनाएको हो।

संसदमा प्रस्तुत भएको बजेटमा यसअघि सरकारले गरेको सहमति पालना नगरेको, नीति तथा कार्यक्रममा समेत उल्लेख भएको विषय बजेटमा उल्लेख नभएको, अन्तराष्ट्रिय फोरममा राज्यबाट प्रतिबद्धता व्यक्त भए अनुसार शिक्षामा लगानी वृद्धि नभएको विज्ञप्तिमा उल्लेख गरेको छ।

महासंघले नेपाली शिक्षक तथा विद्यालय कर्मचारीमा ठूलो असन्तोष र आक्रोस बढाएको, माथिल्लो शैक्षिक योग्यता रहेका आधारभूत तहका शिक्षकलाई माथिल्लो तहका दरबन्दीमा समायोजन गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्ने तथा पुराना कार्यक्रमहरूको निरन्तरता जस्ता केही विषय सकारात्मक देखिएको जनाएको छ।

महासंघले बजेटबारे समिक्षा गर्दै आम रुपमा यस बजेटले स्थायी, अस्थायी करार, राहत, साविक उमावि, बालकक्षा, शिक्षण सिकाई अनुदान विशेष शिक्षा, प्राविधिक धार एवं संस्थागत विद्यालय लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीमा कुनै उत्साह र विश्वास सिर्जना गर्न नसकेको जनाएको छ।नेपाली शिक्षक कर्मचारीको मुद्धालाई सम्बोधन गर्न महासंघले सरकारसँग माग गरेको छ।

प्रकाशित: १८ जेठ २०८० १८:३८ | Thursday, June 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast