काठमाडौँ- रुपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ।
उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो। आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ।
प्रकाशित: १९ मंसिर २०७९ ११:३०
प्रतिक्रिया