तेलका कच्चापदार्थ बढाइएको भन्सार महसुल घटाउन माग

हिमाल प्रेस १७ जेठ २०८० २०:१२ | Wednesday, May 31, 2023
तेलका कच्चापदार्थ बढाइएको भन्सार महसुल घटाउन माग

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमार्फत खानेतेलको कच्चापदार्थमा भन्सार महसुल बढाएपछि सम्बन्धित व्यवसायीले विरोध गरेका छन्।

खानेतेल व्यवसायीको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले भन्सार महसुलको विरोध गर्दै फिर्ता लिन माग गरेको हो। संघले तेलका कच्चापदार्थमा लगाइएको भन्सार महसुल र मूल्य अभिवृद्धि कर (भ्याट)ले उपभोक्तालाई पनि तेल महंगो हुने बताएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खानेतेलको कच्चापदार्थमा १० प्रतिशत भन्सार महसुल निर्धारण गरेको छ। यसले स्वदेशी उत्पादन लागत महंगो हुने संघको भनाइ छ।

साथै भारतमा खानेतेल सस्तो हुने भएपछि भारतबाट अवैध आयात हुने संघको भनाइ छ। गत वर्षको बजेटमार्फत पनि तेलका कच्चापदार्थ आयातमा भन्सार महसुल १० प्रतिशत कायम गरिएको थियो।

त्यसपछि गत भदौमा आर्थिक ऐनको उक्त व्यवस्था संशोधन गर्दै १ प्रतिशतमा झारेको थियो। सोबाट तेल उत्पादक र उपभोक्तालाई केही रातह भए पनि आगामी आर्थिक वर्षको आर्थिक ऐनबाट गरिएको १० प्रतिशत भन्सार महसुलको व्यवस्थाले फेरि मारमा पर्ने संघको भनाइ छ।

‘तेलका कच्चापदार्थमा भन्सार महसुल दर साविक बमोजिम १ प्रतिशत नै काम गर्न आवश्यक पहलका लागि संघ अनुरोध गर्दछ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ जेठ २०८० २०:१२ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast