नागरिकता विधेयक प्रमाणीकरणप्रति रवि लामिछानेको आपत्ति

हिमाल प्रेस १७ जेठ २०८० १३:५८ | Wednesday, May 31, 2023
नागरिकता विधेयक प्रमाणीकरणप्रति रवि लामिछानेको आपत्ति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेपछि लामिछानले संसद्‌मा छलफल नगरी प्रमाणीकरण भएकोप्रति आपत्ति जनाएका हुन्।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसद्‌मा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरूद्ध छ’ उनले भनेका छन्।

जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो। दुवै सदनबाट दुईपटकसम्म नागरिकता विधेयक पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो।

तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेर राखेकी थिइन्। सोही विधेयक अहिले प्रमाणीकरण गरिएको हो।नागरिकता विधेयक ‍गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा थियो।

प्रकाशित: १७ जेठ २०८० १३:५८ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast