प्रहरी समायोजन अघि बढाउने सरकारको घोषणा

हिमाल प्रेस १५ जेठ २०८० १९:०० | Monday, May 29, 2023
प्रहरी समायोजन अघि बढाउने सरकारको घोषणा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्न संघीय संसद् भवन प्रवेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रहरी समायोजन कार्य अघि बढाइने बताइएको छ। सोमबार संसद्‌मा अर्थमन्त्री प्रकाशशरणले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रहरी समायोजन गरिने बताएका हुन्।

देश संघीय संरचनामा गएको लामो समय भइसके पनि अहिलेसम्म भने प्रहरी समायोजनले गति लिन सकेको छैन। संघीय ऐन समेत जारी हुन सकेको छैन।

यस्तै अर्थमन्त्री महतले अध्यागमनलाई सरल र प्रभावकारी पनि बनाइने बताएका छन्। नुवाकोटामा निमार्णाधीन केन्द्रीय कारागार, क्षेत्रीय कारागार सम्पन्न गरी सञ्चालन ल्याइने पनि महतले बताए। अपराधको न्यूनीकरण गर्न नवीनतम प्रविधि प्रयोग गरिने डिजिटल फरेन्सिक ल्याबलाई थप परिस्कृत गर्दै लगिने पनि उनले बताए।

प्रकाशित: १५ जेठ २०८० १९:०० | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast