सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने

हिमाल प्रेस १५ जेठ २०८० १८:१५ | Monday, May 29, 2023
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने जेठ १५ गते संसद्को संयुक्त बैठकमा बजेट पेस गर्न जाँदै अर्थमन्त्री डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ– सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।

महतले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमुलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने बताए। योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई बिस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरिने मन्त्री महतले उल्लेख गरे।उनले कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिने बताए।

प्रकाशित: १५ जेठ २०८० १८:१५ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast