गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुँदै गएको छ : मुख्यमन्त्री चौधरी

हिमाल प्रेस १५ जेठ २०८० १२:०२ | Monday, May 29, 2023
गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुँदै गएको छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवम् राजनीतिक रूपमा संस्थागत हुँदै गइरहेको बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा सोमबार (आज) एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेको उनको भनाइ छ। तीन तहका सरकारबीच अधिकारको बाँडफाँटसँगै संघीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको महत्त्व र आवश्यकता अझै रहेको उनले उल्लेख गरे।

‘गणतन्त्र दिवसले मुलुकको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु,’ सन्देशमा उल्लेख छ।

मुख्यमन्त्री चौधरीले शुभकामना सन्देशमा प्रदेशका नागरिकलाई आर्थिक समृद्धिको बाटोमा लैजान प्रदेश सरकार दृढतापूर्वक अगाडि बढेको उल्लेख गरेका छन्।

यसका साथै संविधानले प्रत्याभूत गरेका अधिकार सुनिश्चित गरिरहेको सन्दर्भमा ती अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्र निर्माणमा यस दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने उनले सन्देशमार्फत जनाएका छन्।

प्रकाशित: १५ जेठ २०८० १२:०२ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast