मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : लिङ्देन

हिमाल प्रेस १५ जेठ २०८३ १५:०७ | Friday, May 29, 2026
14
SHARES
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय चावाहिलमा आयोजित झण्डोतोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराहरूको उजागर गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताए।

अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको भन्दै उनले जनताको आशा र विश्वासमा कुठाराघात हुने खालको काम सरकारले गर्न नहुनेमा जोड दिए। यसअघि एकल बहुमत प्राप्त गरेको दलले पाँच वर्ष सरकार चलाइएको इतिहास नरहेकाले विगतको राजनीतिक दलहरूले गरेका कमीकमजोरी दोहराउने सुविधा अहिलेको ठूलो दललाई नरहेको उनले बताए।

उनले होसियारीपूर्वक जनताको विश्वासलाई साकार पार्ने काममा अगाडि बढ्न सरकारलाई शुभकामना दिए।

अध्यक्ष लिङ्दनेले गणतन्त्रको करिब दुई दशकमा के पायौ र के गुमायौ भन्ने समीक्षा गर्ने बेला आएको बताए। गणतन्त्रपछि मुलुकमा अर्थतन्त्र मजबुत हुन नसकेको र सुशासन कायम हुन नसकाले देशले जित्ने एउटा नवीन समझदारी गर्न जरुरी भइसकेको उनले बताए।

प्रकाशित: १५ जेठ २०८३ १५:०७ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast