जिप्रका सुनसरीद्वारा चालु आवमा १२ हजार नागरिकता जारी

हिमाल प्रेस १४ जेठ २०८० ८:०५ | Sunday, May 28, 2023
जिप्रका सुनसरीद्वारा चालु आवमा १२ हजार नागरिकता जारी

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको ९ महिनामा १२ हजार १ सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो संख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

कार्यालयले सोही अवधिमा ११ हजार ३ सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ। चालु आवको पहिलो ९ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार ५ सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले बताइन्।

यो अवधिमा ३ सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने २ सय ४४ मुद्दा फछ्र्योट भएको उनले जानकारी दिइन्। प्रशासनले जारी गरेको प्रगति विवरणानुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो ९ महिनाको अवधिमा ११ हजार ३ सय ९ वटा राहदानी वितरण गरेको छ। त्यसैगरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ।

सोही अवधिमा प्रशासनमार्फत जम्मा २० लाख १३ हजार ७ सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवम् विपन्न परिवारका ५ सय ३५ जनालाई कम्बल वितरण गरेको उनको भनाइ छ। सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले जानकारी दिइन्।

यस्तै सुरक्षा निकायको ३९ पटक अनुगमन गरिएको छ। यही अवधिमा जिल्लामा जम्मा १ सय १२ नयाँ संस्था दर्ता भएका छन् भने ४ सय २६ वटा संस्था नवीकरण भएको प्रजिअ पाण्डेले बताइन्।

प्रकाशित: १४ जेठ २०८० ८:०५ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast