राजतन्त्र पुनर्स्थापनाको कुरा दिवा सपना मात्रै हो : झलनाथ खनाल

हिमाल प्रेस १३ जेठ २०८० १७:०५ | Saturday, May 27, 2023
राजतन्त्र पुनर्स्थापनाको कुरा दिवा सपना मात्रै हो : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राजतन्त्र पुनर्स्थापनाको कुरा दिवास सपना मात्रै भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कतिपय मानिसहरू राजतन्त्र ब्युँताउनुपर्छ भनेर लागेका भन्दै त्यो दिवा सपना मात्रै भएको बताएका हुन्।

‘कतिपय मानिसहरू राजतन्त्र फेरि ब्युँताउनुपर्छ भनेर कल्पना गर्छन् भने त्यो कल्पना र दिवा सपनाबाहेक केही पनि हैन,’ उनले भने, ‘राजतन्त्र फेरि ब्यूँताउँछौँ भन्ने कुरा उसै ननिदाई देखेको सपना मात्रै हो। जसरी बच्चा जन्मिसकेपछि फेरि त्यो बच्चा गर्भमा प्रवेश गर्न सक्दैन, त्यसरी नै राजतन्त्र उन्मूलन भइसकेपछि फेरि त्यसलाई पुनर्स्थापना गर्ने कुराहरू कल्पना गर्न सकिन्नँ।’

प्रकाशित: १३ जेठ २०८० १७:०५ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast