काठमाडौँबाट ब्याङ्लोरका लागि उडेको नेपाल एयरलाइन्सकाे विमान फिर्ता

हिमाल प्रेस १३ जेठ २०८० १४:४६ | Saturday, May 27, 2023
काठमाडौँबाट ब्याङ्लोरका लागि उडेको नेपाल एयरलाइन्सकाे विमान फिर्ता

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्याङ्लोरका लागि उडेको नेपाल एयरलाइन्सको विमान फिर्ता भएको छ। १ सय ५४ जना यात्रु बोकेको विमानमा चरा ठोक्किएको आसंकामा फिर्ता गरिएको हो।

‘बर्ड स्ट्राइक भएको आसंका गरिएको छ,’ विमानस्थल कन्ट्रोल रूमका एक जना ड्युटी अफिसरले हिमाल प्रेससँग भने, ‘सुरक्षित अवतरण गरेर परिक्षण गर्दैछौँ। परिक्षणपछि फेरि जान्छ।’ उनका अनुसार विमान २ बजेर २२ मिनेटमा त्रिभुवन विमानस्थलामा अवतरण गरिएको हो।

प्रकाशित: १३ जेठ २०८० १४:४६ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast