एमालेको अवरोधपछि स्थगित संसद् बैठक साँझ ६ बजे बस्ने

हिमाल प्रेस १२ जेठ २०८० १७:१२ | Friday, May 26, 2023
एमालेको अवरोधपछि स्थगित संसद् बैठक साँझ ६ बजे बस्ने

काठमाडौँ- नेकपा (एमाले)ले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठकको समय सरेको छ। गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

सोही विषयमा आरोप पुष्टि गर्न वा माफी माग्न भन्दै एमालेले विरोध गरेपछि बैठक स्थगित भएको थियो। उक्त बैठक बस्न नसकेपछि ३ बजे बस्ने गरी संसद् सचिवालयले सूचना जारी गरेको थियो। बैठकका लागि सहमति जुट्न नसकेपछि समय सारेर बेलुका ६ बजे बस्ने गरी सूचना जारी भएको छ।

प्रकाशित: १२ जेठ २०८० १७:१२ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast