काठमाडौँ- लघुवित्तले कर्जाको पुनर्तालिकीकरण गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार लघुवित्तले एक पटकका लागि कर्जाको पुनर्तालिकीकरण गर्न पाउने भएका हुन्।
लघुवित्त तथा वित्तीय संस्थाले ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइ हेरेर आवश्यकता र औचित्यको आधारमा कर्जाको पुनर्तालिकीकरण गर्न सक्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
कर्जाको पुनर्तालिकीकरण गर्दा चालु आर्थिक वर्षभित्रै गर्न सक्नुपर्ने, गत चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्रै गर्न पाउने लगायत शर्त राष्ट्र बैंकले उल्लेख गरेको छ। ग्राहकले लिएको कर्जाको भुक्तानी गर्ने अवधि वा बढाउने प्रक्रिया पुनर्तालिकीकरण हो।
प्रकाशित: ११ जेठ २०८० २०:२० | Thursday, May 25, 2023
प्रतिक्रिया




