नेपाल एयरलाइन्सले पायो सिड्नी उडानकाे अनुमति

हिमाल प्रेस १० जेठ २०८० १७:३७ | Wednesday, May 24, 2023
नेपाल एयरलाइन्सले पायो सिड्नी उडानकाे अनुमति

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको अनुमति पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार सुरुवातमा निगमको जहाज सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी पुग्नेछ। उनले असार पहिलो सातादेखि उडानको तयारी भइरहेको जानकारी दिए।

निगमले सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको जनाएको छ। निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा उडान गर्नेछ।

प्रकाशित: १० जेठ २०८० १७:३७ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast