नवनियुक्त मन्त्रीहरूको शपथअघि मन्त्रिपरिषद् बैठक बस्‍ने

हिमाल प्रेस १० जेठ २०८० ९:१८ | Wednesday, May 24, 2023
नवनियुक्त मन्त्रीहरूको शपथअघि मन्त्रिपरिषद् बैठक बस्‍ने फाइल तस्बिर।

काठमाडौँ– बुधबार (आज) सरकारको मन्त्रिपरिषद् बैठक बस्दै छ। मंगलबार नियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताका शपथ ग्रहणअघि मन्त्रिपरिषद बैठक बस्ने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित कार्यसूचीमाथि छलफल गर्न बुधबार बिहान बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनीयताको शपथ ग्रहण १० बजे हुने पनि सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १० जेठ २०८० ९:१८ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast