युक्रेनद्वारा रुसको दाबी अस्वीकार

हिमाल प्रेस ८ जेठ २०८० २१:५१ | Monday, May 22, 2023
युक्रेनद्वारा रुसको दाबी अस्वीकार

कीभ- मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ।

‘युक्रेनले रुसको बेलगोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको,’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले भने।

युक्रेनले यसअघि रुसको भूभागमा भएको कैयौँ तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो। रुसले यसअघि युक्रेनबाट बेलगोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना तथा एजेन्टहरूले उनीहरूलाई ‘निष्तेज’ पार्ने प्रयास गरिरहेको बताएको थियो। यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रुसी ‘गुरिल्ला समूहहरू’ जिम्मेवार हुन सक्ने बताए। रासस एएफपी

प्रकाशित: ८ जेठ २०८० २१:५१ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast