संसद्‌मा एमालेका योगेश भट्टराईलाई माओवादीका माधव सापकोटाले भने ‘बैगुनी कमरेड’

हिमाल प्रेस ८ जेठ २०८० १६:१२ | Monday, May 22, 2023
संसद्‌मा एमालेका योगेश भट्टराईलाई माओवादीका माधव सापकोटाले भने ‘बैगुनी कमरेड’ प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै सांसद माधव सापकोटा। फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेकपा (एमाले)का सांसद योगेश भट्टराईलाई बैगुनी केटो ‘बैगुनी कमरेड’ भन्दै व्यङ्ग्य गरेका छन्। आज सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सापकोटाले ‘बा’लाई खुसी पार्न भट्टराईले जनयुद्ध शब्दमाथि टिप्पणी गरेको आरोप लगाए।

नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएको भन्दै एमालेका सांसद भट्टराईले आपत्ति जनाएका थिए। त्यसपछि सापकोटाले भट्टराईलाई जवाफ फर्काएका हुन्।

‘बालाई खुसी पार्न आफ्नो निष्ठा बन्धकी राखेर व्यङ्ग्य गर्ने बैगुनी कमरेडलाई भन्न चाहन्छु, जनयुद्ध महान क्रान्ति थियो । गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चाहन्छु। बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ,’ उनले भने, ‘हुन त ज्ञान पनि पूर्ण त हुँदैन तर पनि नियतिमा भन्दा पनि ज्ञानमै नै बढी निर्भर रहनुपर्छ जिन्दगी ! म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु।’

उनले ओलीले हेडमास्टरको शैलीमा नीति तथा कार्यक्रम फिर्ता लिन र पुनर्लेखन गर्न भनेको भन्दै आपत्ति पनि जनाए। सापकोटाले एमालेले जे कुरालाई पनि विरोधका लागि विरोध गरिरहेको बताए।

प्रकाशित: ८ जेठ २०८० १६:१२ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast