तयारी र कच्चा दालमा फरक भन्सार महसुल लगाउन माग

हिमाल प्रेस ७ जेठ २०८० १५:४३ | Sunday, May 21, 2023
तयारी र कच्चा दालमा फरक भन्सार महसुल लगाउन माग

काठमाडौँ- नेपाल चामल तेल दाल उद्योग संघले तयारी र कच्चा दालमा फरक भन्सार महसुल लगाउन माग गरेको छ। दालको कच्चा वस्तु तथा गेडागुडी र तयारी दालमा समान १० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा आगामी बजेटमार्फत यसलाई फरक फरक बनाउन संघले माग गरेको हो।

कच्चा दाल तथा गेडागुडीमा १ प्रतिशत र तयारी दालमा १० प्रतिशत भन्सार महसुल लगाउन संघको माग छ। नेपालको औद्योगिक नीति अनुरूप कच्चा वस्तु र तयारी वस्तुमा कम्तीमा एक तहको दर फरक हुनु जरुरी रहेको संघले बताएको छ।

नेपालमा स्वदेशी र आयातित कच्चा पदार्थ प्रयोग गरी २५ वटा दाल उद्योग सञ्चालनमा छन्। ‘समान भन्सार दर हुँदा आयातित वस्तुसँग स्वदेशी उद्योगलाई प्रतिस्पर्धा गर्न गाह्रो भएकाले सरकारले ध्यान दिन जरुरी छ,’ संघले भनेको छ।

संघले स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल आयात गर्दा १.५ प्रतिशत अग्रिम आम्दानी कर लगाउन पनि माग गरेको छ। त्यसका साथै दाल निकासी गर्दा लाग्ने प्रतिकिलो १ रुपैयाँ निकासी शुल्क हटाउन, रातो बासमती चामलको निर्यात खुला गर्न, स्वदेशी उद्योगलाई विद्युत्मा अनुदान उपलब्ध गराउनलगायत माग संघले गरेको छ।

प्रकाशित: ७ जेठ २०८० १५:४३ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast