सवारी लाइसेन्स नवीकरण अब पाल्पाबाटै

हिमाल प्रेस ६ जेठ २०८० १४:३४ | Saturday, May 20, 2023
सवारी लाइसेन्स नवीकरण अब पाल्पाबाटै

पाल्पा– सवारी चालक अनुमति पत्र नवीकरण पाल्पाबाटै थालिएको छ। यसअघि सो कार्य बुटवललगायतका स्थानबाट हुने गरेको थियो।

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमति पत्र नवीकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए। कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र नवीकरणको काम थालेको छ।

तानसेन नगरपालिका-७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नवीकरणको काम थालिएको प्रमुख सुनारले बताए।

प्रकाशित: ६ जेठ २०८० १४:३४ | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast