बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क दिइने सरकारी घाेषणा

हिमाल प्रेस ५ जेठ २०८० १७:३७ | Friday, May 19, 2023
बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निःशुल्क दिइने सरकारी घाेषणा

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा निःशुल्क विद्युत वितरणको नीति लिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति लिइने घोषणा गरेका हुन्।

सोअनुसार बर्खामा ५० युनिटसम्म विद्युत निःशुल्क र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ।

त्यस्तै सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाई, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्ने घोषणा पनि गरेको छ। त्यस्तै नदीनाला तथा पानीको स्रोतलाई प्रदूषणमुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र बिस्तार गर्ने नीति लिइने पनि सरकारले घोषणा गरेको छ।

प्रकाशित: ५ जेठ २०८० १७:३७ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast