 
                             
                                            काठमाडौँ– सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ। आगामी आर्थिक वर्ष ०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइने बताएका हुन्।
तीन दशकअघि यो विमानस्थल निर्माणको योजना बनेको थियो। विमानस्थलको सम्भाव्यता अध्ययन भए पनि उक्त अध्ययन विवादमा छ।
गत वर्ष सर्वोच्च अदालतले वातावरणलाई कारण देखाउँदै विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया खारेज गरिदिएको थियो। यसमा हालसम्म राज्यले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ।
सरकारले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने पनि नीति लिएको छ।
त्यस्तै नीति तथा कार्यक्रममा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति र भएका विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको लक्ष्य छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 