फाइल तस्बिर।
काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थबा चल्ने गाडीलाई विद्युतीयमा परिवर्तन गर्न सक्ने नीति लिने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन्।
पेट्रोलियमबाट चल्ने सवारसाधनलाई विद्युतीयमा रूपान्तरण गर्दा सहुलियतसहितकोे सुविधा दिइने नीति लिइने राष्ट्रपति पौडेलले घोषणा गरे।
प्रकाशित: ५ जेठ २०८० १७:११ | Friday, May 19, 2023
प्रतिक्रिया




