कर प्रणाली पुनरावलोकन, नेपाल भ्रमण दशक घोषणा

हिमाल प्रेस ५ जेठ २०८० १७:०१ | Friday, May 19, 2023
कर प्रणाली पुनरावलोकन, नेपाल भ्रमण दशक घोषणा

काठमाडौँ- सरकारले दशक २०८० लाई नेपाल भ्रमण दशकको रूपमा मनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन्।

सरकारले सन् २०२५ लाई विशेष नेपाल भ्रमण वर्षका रुपमा मनाउने नीति लिएको छ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने विषय पनि नीति तथा कार्यक्रममा दोहोरिएको छ। बजेटको आधारमा रूपमा रहेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्युतीय सवारीसाधनको प्रोत्साहन गर्ने नीति लिइने बताए।

शुक्रबार राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेस गरेका हुन्। नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कर प्रणाली पुनरावलोकन गर्दै कर प्रणाली चुस्त र दुरुस्त बनाइने पनि उल्लेख छ।

त्यस्तै सरकारले रााष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू पाँच वर्षभित्र सम्पन्न गरिने जनाएको छ। निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरु ५ वर्षभित्र सम्पन्न गरिने उल्लेख छ। आगामी तीन वर्षभित्र संघ प्रदेश र स्थानीय सरकराको सहकार्यमा स्थानीय तहको केन्द्रलाई प्रदेश वा केन्द्रको राष्ट्रिय राजमार्गसँग र पक्की सडकमा जोडिने उनले बताए।

प्रकाशित: ५ जेठ २०८० १७:०१ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast