घान्द्रुकमा अन्नपूर्ण म्याराथन हुने

हिमाल प्रेस ४ जेठ २०८० १९:५० | Thursday, May 18, 2023
घान्द्रुकमा अन्नपूर्ण म्याराथन हुने

पोखरा– कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण हुने भएको छ। आगामी १७ देखि २० जेठसम्म हुने म्याराथनसँगै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवसमेत हुने छ।

हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक ललित गुरुङले बताए।

म्याराथनमा पुरुषतर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिलातर्फको विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन्।

पर्यटन सेन्चुरी महोत्सवमा म्याराथनसहित अन्नपूर्ण पत्रकारिता पुरस्कार, हर्स राइडिङ, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी, गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता र पुरुष खुला बास्केटबल प्रतियोगिता हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए।

गुरुङकाअनुसार भलिबल र बास्केटबल प्रतियोगितको विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेका थिए।

प्रकाशित: ४ जेठ २०८० १९:५० | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast