संसद्‌मा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री

हिमाल प्रेस ४ जेठ २०८० ६:२६ | Thursday, May 18, 2023
संसद्‌मा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।

प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रचण्डले सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्।

संसदको पहिलो एक घन्टा प्रधानमन्त्रीले जवाफ दिनेछन्। संसद्मा महिनाको पहिलो साता प्रश्नोत्तर राख्ने समझदारी गत आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको थियो।

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ‍ओलीले विशेष समय लिएर बोल्ने छन्।

 

प्रकाशित: ४ जेठ २०८० ६:२६ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast