यातायात सेवा प्रविधिमैत्री बनाइन्छ : मुख्यमन्त्री पाण्डे

हिमाल प्रेस ३ जेठ २०८० १५:५० | Wednesday, May 17, 2023
यातायात सेवा प्रविधिमैत्री बनाइन्छ : मुख्यमन्त्री पाण्डे फाइल तस्बिर।

तनहुँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन्। बुधबार तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालय निरीक्षण गर्दै उनले यस्तो बताएका हुन्।

जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि यातायातका सेवा प्रविधिमैत्री बनाइने उनको भनाइ छ। कुनै पनि बहानामा सेवा प्रभावित हुन नहुने बताउँदै उनले छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जनाए।

आफूले मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझाव सहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे।

सेवाग्राहीसँग कुरा गर्दै उनले कार्यालयको सेवा प्रवाहको अवस्थाबारे चासो राखे। कार्यालयका निमित्त प्रमुख राम शर्माले स्थायी कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेकोप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।

कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि १ घर ५ वर्षका लागि भाडामा लिएको छ। कार्यालयले सवारी साधन दर्ता, चालक अनुमति (लाइसेन्स) वितरणको काम गर्दै आइरहेको छ। जिल्लाबाटै सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्रको काम भएपछि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

प्रकाशित: ३ जेठ २०८० १५:५० | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast