श्रीलंकाको आर्थिक अवस्था सुध्रिएपछि आईएमएफद्वारा प्रशंसा

हिमाल प्रेस ३ जेठ २०८० १४:५३ | Wednesday, May 17, 2023
श्रीलंकाको आर्थिक अवस्था सुध्रिएपछि आईएमएफद्वारा प्रशंसा

कोलम्बो- श्रीलंकाको आर्थिक अवस्थामा सुधार आएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकको प्रशंसा गरेको छ। आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले पछिल्लो समय श्रीलंकाले गरेको तुलनात्मक प्रगतिको प्रशंसा गरेका हुन्।

विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाअन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै श्रीलंकाले यसको कार्यान्वयन सुरु गरिसकेको उनले बताए।

सरकार र श्रीलंकाली जनताको बलियो स्वामित्वमा सुधारको गति अझै जारी राख्न आवश्यक रहेको उनको भनाइ थियो। सुधारबाट प्राप्त लाभ श्रीलंकाका जनतालाई फाइदा पुग्ने किसिमका रहेको र त्यसको सुदृढीकरण गर्दै भ्रष्टाचार विरोधी एवं शासन सुधार थप आवश्यक रहेको पनि उनले बताए।

आईएमएफका अनुसार श्रीलंका एसियामा आईएमएफ गभर्नेन्स डायग्नोस्टिक अभ्यास गर्ने पहिलो देश हो। आईएमएफ गभर्नेन्स डायग्नोस्टिक प्रतिवेदन यस वर्ष सेप्टेम्बरसम्म प्रकाशित हुने अपेक्षा गरिएको छ। मिसनले मार्चमा कोलम्बोको भ्रमण गरेको थियो र यस महत्त्वपूर्ण सुधार क्षेत्रमा सरोकारवाला र नागरिक समाजसँग नजिक रहेर काम गरेको छ।

आईएमएफले यस वर्ष मार्चमा श्रीलंकाको आर्थिक नीति र सुधारलाई समर्थन गर्न करिब ३ अर्ब अमेरिकी डलरको ईएफएफअन्तर्गत ४ वर्षको विस्तारित अर्थतन्त्र सुधार व्यवस्थालाई अनुमोदन गरेको थियो। रासस/सिन्ह्वा

प्रकाशित: ३ जेठ २०८० १४:५३ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast