राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

हिमाल प्रेस २ जेठ २०८० १९:५७ | Tuesday, May 16, 2023
राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

राँची- भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ। उक्त अदालतले मुद्दाको फैसला प्रक्रिया अघि बढाएको छ।
न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको र दुवै पक्षलाई बहसको सारांश पेस गर्न आदेश दिइएको छ।

कांग्रेस नेता राहुल गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी (भाजपा)का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका हुन्।

नेता गान्धीले आफ्नो पार्टीको भेलामा हत्याका आरोपी भाजपामा मात्रै अध्यक्ष बन्नसक्ने टिप्पणी गरेका थिए। ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ,’ गान्धीले भनेका थिए, ‘कांग्रेसमा यो सम्भव छैन।’

यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो। त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा आवेदन गरेका थिए। तल्लो अदालतको सूचना खारेजीको माग आवेदनमा गरिएको थियो। रासस /एएनआई

प्रकाशित: २ जेठ २०८० १९:५७ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast