सरकार र संसद्‌ अरूले नै चलाउने रहेछ : पर्यटनमन्त्री किराँती

हिमाल प्रेस २ जेठ २०८० १५:१५ | Tuesday, May 16, 2023
सरकार र संसद्‌ अरूले नै चलाउने रहेछ : पर्यटनमन्त्री किराँती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउने गरेको अनुभूति भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा यस्तो अनुभूति गरेको बताएका हुन्।

मन्त्री अरूले नै चलाउने भएकाले आफू ‘सोकेसको मान्छे’जस्तो भएर बस्नुपरेको गुनासोसमेत उनले गरे। उनले पर्यटन क्षेत्रका धेरै ऐन बदल्नुपर्ने आवश्यक रहेको र त्यसमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे।

किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्‌बाट पारित गराएर संसद्‌मा पेस गरिने बताए। त्यसलाई छिटो पारित गरिदिन उनले सांसदहरूको ध्यानाकर्षण गराए।

‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ। हामी त डमी मात्रै रहेछौँ। अरूले नै चलाउँदो रहेछ, मन्त्री त ! हामी त सोकेसको मान्छे मात्रै रहेछौँ, मलाई लागेको कुरा यो हो,’ उनले भने, ‘हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ। र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नु छ। संसद्‌मा हाम्रो सक्रिय भूमिका भइदिनुपर्‍यो। चासो गरिदिनुपर्‍यो। तपाईंहरूले बोलिदिनुपर्‍यो। अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ।’

उनले देशमा धेरै विमानस्थल आवश्यक नरहेको पनि बताए।

प्रकाशित: २ जेठ २०८० १५:१५ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast