माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने शिक्षक र कर्मचारीको चेतावनी

हिमाल प्रेस १ जेठ २०८० १७:५५ | Monday, May 15, 2023
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने शिक्षक र कर्मचारीको चेतावनी

काठमाडौँ- नेपाल शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी परिषद्को संयुक्त टोलीले बजेटमा शिक्षकका समस्या सम्बोधन गर्न माग गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन्।

महासंघ पदाधिकारीको टोलीले  सोमबार अर्थमन्त्री महतलाई निवासमै भेटेर आगामी आर्थिक वर्षको बजेटमा विद्यालयका शिक्षक र कर्मचारीको तलबसुविधा वृद्धि गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले आव २०८०/८१ को बजेटमा शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले देशको आर्थिक अवस्था कमजोर भए पनि माग सम्बोधन गर्ने विषयमा आफूले पहल गर्ने बताए। उनले भने, ‘तपाईँहरूको माग जायज हो। तपाईँहरूलाई थाहा छँदैछ। देशको अर्थतन्त्र निकै कमजोर अवस्थामा छ। राज्य थप दायित्व वहन गर्न सक्ने अवस्थामा छैन।’

विद्यालयका बालविकास कक्षाका शिक्षक र कर्मचारीले न्यून पारिश्रमिकममा काम गर्नुपरेको अवस्थालाई बढ्दो महँगीअनुसार बजेटमार्फत सम्बोधन गर्न मन्त्री महतको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले यसअघि सरकारसँग भएको सहमति कायान्वयन गर्न पनि मन्त्री महतलाई आग्रह गरेका छन्।

प्रकाशित: १ जेठ २०८० १७:५५ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast