जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव : सुनिता डंगोल

हिमाल प्रेस १ जेठ २०८० १३:५० | Monday, May 15, 2023
जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव : सुनिता डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताएकी छिन्।

जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच आजबाट सुरु गरिएको दुई दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डंगोलले सो धारणा राखेकी हुन्।

‘बाढीपहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो र गर्मी प्राकृतिक रूपमा बढिरहेका जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा असर गरेको छ। यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकूलन अघि बढ्न आवश्यक छ’, उपप्रमुख डंगोलले भनिन्।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अनुकूलन र न्यूनीकरणका लागि काम गर्नु अहिले सबैको मुख्य जिम्मेवारी रहेको बताएकी छन्।

प्रकाशित: १ जेठ २०८० १३:५० | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast