स्वर्णिम वाग्ले भन्छन् : नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह हो

हिमाल प्रेस ३१ वैशाख २०८० १८:११ | Sunday, May 14, 2023
स्वर्णिम वाग्ले भन्छन् : नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह हो तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन्। आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठित अपराध भएकाले यसको गाम्र्भीयता राजद्रोह भएको बताए।

राष्ट्रिय, अन्तर्राष्ट्रिय अभिसन्धिलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको भनाइ छ। उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरूको विषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे।

अन्य सेटिङ र भ्रष्टाचारहरूलाई पनि गहिरो गरी अनुसन्धान गर्नुपर्ने उनले बताए। वाग्लेले तनहुँ १ मा राजनीतिलाई संग्लो पार्ने मुद्दा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे।  भ्रष्टहरूले सिष्टमलाई नै प्रभावमा पारेको भन्दै अब नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने उनले बताए।

प्रकाशित: ३१ वैशाख २०८० १८:११ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast