एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : सभापति लामिछाने

हिमाल प्रेस ३० वैशाख २०८० १७:३१ | Saturday, May 13, 2023
एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : सभापति लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न नसकिने टिप्पणी गरेका छन्। शनिबार काठमाडौँको नक्शालमा नागरिक अगुवाहरूले गरेको भ्रष्टाचार ढाकछोपविरुद्धको बृहत् आन्दोलनमा उनले एउटा काण्ड छानिबिन गर्दैमा सरकारको सफलता भन्न नसकिने बताएका हुन्।

सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारको सफलता नहुने भन्दै उनले अन्य लाइनमा रहेका धेरै काण्डहरूमा अनुसन्धान भए सरकारको सफलता मान्न सकिने बताएका हुन्।

भुटानी शरणार्थी प्रकरणलाई सरकारले सुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने उनको भनाइ थियो। सरकारले अन्य लाइनमा रहेका काण्डहरू अनुसन्धान अघि बढाउन रोक्न नहुने उनले बताए। ‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ,’ उनले भने, ‘देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरूको उजागर भयो। यो देशको बेइज्जत भएको होइन देशको इज्जत बढ्नु हो।’

प्रकाशित: ३० वैशाख २०८० १७:३१ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast