धौलागिरी हिमपातमा बेपत्ता व्यक्तिको शव काठमाडौँ ल्याइयो

हिमाल प्रेस ३० वैशाख २०८० १७:२१ | Saturday, May 13, 2023
धौलागिरी हिमपातमा बेपत्ता व्यक्तिको शव काठमाडौँ ल्याइयो

काठमाडौँ- गत वर्ष (२०७९) असोज २० गते धौलागिरी हिमालमा भएको हिमपातमा हराएका माउन्टेन गाइड रामबहादुर तामाङको शव काठमाडौँ ल्याइएको छ। गत वर्ष असोज ५ गते कोरियाली नागरिक लिएर धौलागिरी हिमाल आरोहण गर्न गएका तामाङ २० गते परेको भारी हिमपातका कारण हराएका थिए।

शनिबार (२०८० वैशाख ३०) धौलागिरी बेसक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उनको शव काठमाडौँ ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ। उनी हराएको थाहा पाएपछि त्यही बेलादेखि नै उनको खोजी कार्य गरिए पनि मौसम प्रतिकुललगायत कारण कठिनाई भएको नेपाली सेनाको भनाइ छ।

पछिल्लो पटक नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरू सम्मिलित टोलीले वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब ५ हजार मिटर उचाइमा तामाङको शव भेटिएपछि २९ गते बेसक्याम्प ल्याइएको सेनाको भनाइ छ।

प्रकाशित: ३० वैशाख २०८० १७:२१ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast