यस्तो छ आजको मौसम

हिमाल प्रेस ३० वैशाख २०८० ६:५८ | Saturday, May 13, 2023
यस्तो छ आजको मौसम फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ।

उक्त चक्रवात उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशभर मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: ३० वैशाख २०८० ६:५८ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast