लिङ्देनले प्रधानमन्त्रीलाई भने : २०४६ पछि सत्तामा पुगेका नेता र उच्च पदका कर्मचारीको सम्पत्ति छानबिन गरौँ

हिमाल प्रेस २९ वैशाख २०८० १४:४६ | Friday, May 12, 2023
लिङ्देनले प्रधानमन्त्रीलाई भने : २०४६ पछि सत्तामा पुगेका नेता र उच्च पदका कर्मचारीको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम भए लाग्नुपर्ने बताएका छन्। नक्कली शरणार्थी प्रकरणबारे शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएपछि उनले २०४६ सालपछि सत्तामा पुगेका नेता र उच्च पदमा पुगेका कर्मचारीको सम्पत्ति छानबिन हुनु पर्ने बताएका बताएका हुन्।

‘हामीले नक्कली शरणार्थीबारे निष्पक्ष छानबिन होस् भनेका छौँ। निर्दोष कोही पनि नपरुन् र दोषी कोही नउम्कियुन् भन्ने हाम्रो धारणा हो। अब विगतमा ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्छ,’ उनले भने, ‘२०४६ सालपछि पदमा पुगेका नेता र कर्मचारीहरुको सम्पत्ति छानबिन हुनु पर्छ। अवैध सम्पत्ति जफत गरिनुपर्छ।’

यसलाई लिएर राप्रपा अब सडक र सदन दुवैमा उत्रिने पनि बताए। ‘अब यो दलको, त्यो दलको, यो पक्षको, ऊ पक्षको नभनी छानबिन हुनुपर्छ’, उनले भने, ‘अब कुनै पनि भ्रष्टाचारीलाई छाड्नु हुँदैन।’

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आफू यसबाट पछि नहट्ने बताएको पनि लिङ्देनले जानकारी दिए। ‘प्रधानमन्त्रीले म यो चुनौतीलाई अवसरका रुपमा लिन्छु भन्नु भएको छ’, उनले भने। नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परिसकेका छन् भने अन्य केही व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: २९ वैशाख २०८० १४:४६ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast