आफ्नै फाउन्डेसनबाट पक्राउ परे मदन राई

हिमाल प्रेस २९ वैशाख २०८० १३:२८ | Friday, May 12, 2023
आफ्नै फाउन्डेसनबाट पक्राउ परे मदन राई

काठमाडौँ- बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि वैज्ञानिक मदन राई पक्राउ परेका छन्। उनले आफैँले स्थापना गरेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले मदन राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए।

‘हामीले फाउन्डेसनबाट पक्राउ गरेका हौँ। अब यौन दुरुपयोग अभियोगमा मुद्दा लगाउने तयारी छ,’ डीएसपी मुकारुङले हिमाल प्रेससँग भने,‘ हामीले अदालत लगेर म्याद थप गराउने तयारी छ।’

राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ।

प्रकाशित: २९ वैशाख २०८० १३:२८ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast