काठमाडौँ- हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी र मधेशका साथै बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: २९ वैशाख २०८० ६:५०
प्रतिक्रिया