काठमाडौँ- च्यासलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सत्ता गठबन्धनले गरेका जनघाती कामको भण्डाफोर गर्ने विषयमा छलफल भएको छ। बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले गठबन्धनका जनविरोधी कार्यको व्यापक भण्डाफोर गर्नुपर्ने धारणा राखेका हुन्।
यस्तै बैठकमा संसदीय मर्यादा कार्यक्रम गराउने, स्थिर राजनीति कायम गर्ने, भ्रष्टाचारको विरोध र भण्डाफोर गर्ने, सुशासनको पक्षमा पार्टीपंक्ति परिचालन गर्ने, उत्पादनमा आमकार्यकर्तालाई जोड्ने, संगठन सुदृढीकरण, संगठन विस्तार र वैचारिक अभियान सञ्चालन गर्ने विषयमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
आज (बिहीबार) बाट सुरु भएको केन्द्रीय समितिको बैठक तीन दिनसम्म चल्ने छ।
प्रकाशित: २८ वैशाख २०८० १५:०७
प्रतिक्रिया