इमरान खान इस्लामावादको विशेष अदालतमा उपस्थित

हिमाल प्रेस २७ वैशाख २०८० २१:५० | Wednesday, May 10, 2023
इमरान खान इस्लामावादको विशेष अदालतमा उपस्थित

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा उपस्थित भएका छन्। भ्रष्टाचारको आरोपमा सुनुवाइका मंगलबार उच्च अदालत परिसरबाटै पक्राउ परेका उनी बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्।

उनलाई मंगलबार अर्धसैनिक बलले पक्राउ गरेपछि पाकिस्तानमा व्यापक विरोध भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको आन्तरिक मन्त्रालयले बुधबार पूर्वी प्रान्त पञ्जाबमा कानूनी व्यवस्थाको सुनिश्चित गर्न सेनाको सहयोग माग गरेको छ।

जियो न्युजका अनुसार न्यायाधीश मुहम्मद बशीरले सुनुवाइको अध्यक्षता गर्दै नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)ले अल–कादिर ट्रस्ट भ्रष्टाचार मुद्दामा खानलाई १४ दिनको हिरासतमा राख्न अनुमतिका लागि अदालतलाई अनुरोध गरिएको छ।

नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसूद पनि अदालतमा उपस्थित भएको जियो न्यूजले उल्लेख गरेको छ। अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदीमले प्रतिनिधित्व गरेका थिए।

मंगलबार इमरान खानलाई इस्लामाबाद उच्च अदालतबाहिरबाट पाकिस्तान रेञ्जर्सले अल–कादिर ट्रस्ट मुद्दामा राष्ट्रिय एकाउन्टेबिलिटी ब्युरो (एनएबी) द्वारा जारी गरेको वारेन्टका आधारमा पक्राउ गरिएको थियो।

अल–कादिर युनिभर्सिटी ट्रस्टको नाममा सयौं नहर जग्गा आर्जन गरेको आरोपमा इमरान खान, बुशरा बिबीलगायतका विरुद्ध एनएबीले अनुसन्धान थालेको थियो। उक्त भ्रष्टाचारले पाकिस्तानको राष्ट्रिय कोषलाई १९ करोड पाउण्ड नोक्सान पुर्‍याएको बताइएको छ। रासस/एएनआई

प्रकाशित: २७ वैशाख २०८० २१:५० | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast