इमरान खानका छोरा सुलेमानले भने : बुवालाई बिस्तारै जेलमै मार्ने प्रयास भइरहेको छ

हिमाल प्रेस १० भदौ २०८३ ७:०५ | Wednesday, August 26, 2026
इमरान खानका छोरा सुलेमानले भने : बुवालाई बिस्तारै जेलमै मार्ने प्रयास भइरहेको छ इमरान खान।

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा सुलेमानले आफ्ना बुवालाई बिस्तारै जेलमै मार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

इमरानका वकिल जेरेड जेन्सरले मंगलबार गरेको अनलाइन प्रेस ब्रिफिङमा बोल्दै सुलेमानले आफ्नी काकीले जेलमा भेट्ने क्रममा बुवाले आफूलाई मार्ने प्रयास भएको बताएको दाबी गरेका हुन्।

‘हामीले अन्तिमपटक मार्चमा फोनबाट उहाँ (बुवा) सँग कुरा गरेका थियौँ। त्यसपछि उहाँलाई फोन गर्न अनुमति दिइएन। हामीले कुरा गर्दा उहाँ उत्साहित देखिनुभएको थियो, तर निरन्तर एक्लोपनले उहाँलाई असर गरिरहेको छ’, सुलेमानले भने, ‘मेरी काकीले हालै बुवालाई भेट्नुभयो र उहाँले आफू इमरान खानका शब्दबाट धेरै दुस्खी भएको बताउनुभयो। इमरान खानलाई पनि लाग्छ : आफूलाई जेलमा बिस्तारै मार्ने प्रयास भइरहेको छ।’

पत्रकार सम्मेलनमा इमरानका अर्का छोरा कासिम पनि बोलेका थिए।

उनले भने, ‘हामी स्वतन्त्र डाक्टरहरूले उहाँको उपचार गरून् भन्ने चाहन्छौँ। हामी उहाँलाई निष्पक्ष अस्पतालमा उपचार गराउन चाहन्छौँ। सरकारले उहाँ पूर्ण रूपमा ठिक छ भन्छ। यदि त्यस्तो हो भने म सरकारलाई प्रमाण देखाउन आग्रह गर्दछु।’

 

प्रकाशित: १० भदौ २०८३ ७:०५ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast