नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई बाधा नपुर्‍याउने शीर्ष नेताको सहमति

हिमाल प्रेस २७ वैशाख २०८० १७:४० | Wednesday, May 10, 2023
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई बाधा नपुर्‍याउने शीर्ष नेताको सहमति

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेता नै पक्राउ परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यसको अनुसन्धानका लागि कुनै बाधा नपुर्‍याउने सहमति भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको बैठकमा तीन शीर्ष नेताले यस प्रकरणको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब र बाधा सृजना नगर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए।

प्रचण्डले बाहिर आए जसरी तीन नेताबीच दोषीलाई उन्मुक्ति दिने प्रयास नभएको र त्यो हुँदै नहुने पनि बताए।

बैठकपछि बाहिरिनेक्रममा प्रचण्डले भने, ‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ।’

त्यस्तै उनले शरणार्थी प्रकरणमा दोषीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताए। ‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौँ’ उनले भने।

प्रकाशित: २७ वैशाख २०८० १७:४० | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast