काठमाडौँ महानगरले यसरी हटाउँदैछ अव्यवस्थित तार (तस्बिरहरू)

दिपेश श्रेष्ठ २५ वैशाख २०८० १२:१७
8
SHARES
काठमाडौँ महानगरले यसरी हटाउँदैछ अव्यवस्थित तार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ। सोमबार बिहान माइतीघर मण्डल क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो।

महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्ड लिंकलगायतका सम्बन्धित निकायहरूसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ।

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार बसेको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गतेभित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो।

प्रकाशित: २५ वैशाख २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast