सांकेतिक तस्बिर।
काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर-३ का वडाअध्यक्ष मुरारीप्रसाद कुइँकेल जुवाखालबाट पक्राउ परेका छन्। गोकर्णेश्वरको सुन्ताखान बसपार्क नजिकै स्थानीय एक व्यक्तिको घरमा जुवा खेलिरहेको अवस्थामा कुइँकेलसहित सात जनालाई प्रहरीको बौद्ध वृत्तबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
वडाअध्यक्षसहित केही व्यक्तिले जुवा खेलेर होहल्ला गर्ने गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले आज छापा हानेको थियो। उनी एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका वडाअध्यक्ष हुन्। उनीविरुद्ध अख्तियारमा पनि उजुरी छ।
प्रकाशित: २२ वैशाख २०८० १८:३४ | Friday, May 5, 2023
प्रतिक्रिया


