 मुख्यमन्त्री सुरेन्द्र पाण्डे
                             मुख्यमन्त्री सुरेन्द्र पाण्डे 
                                            काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। पाण्डेले विश्वासको मत लिने गरी दिउँसो २ बजे संसद् बैठक डाकिएको छ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्तिको भोलिपल्ट शपथ लिएका उनले २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।
उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिन लागेका हुन्। ६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ।
गण्डकीमा कांग्रेसको २७ सिट, सत्तारुढ माओवादीको सभामुखबाहेक ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट छ।
                            प्रकाशित: २१ वैशाख  २०८० ७:३३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 