राजसंस्था पक्षधरमाथि ओलीको टिप्पणीप्रति राप्रपाको आपत्ति

हिमाल प्रेस १७ वैशाख २०८० १९:१६ | Sunday, April 30, 2023
राजसंस्था पक्षधरमाथि ओलीको टिप्पणीप्रति राप्रपाको आपत्ति राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्माले राज संस्था विरोधी टिप्पणी गरेपछि राप्रपाले आपत्ति जनाएको छ। आज आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीद्ये राजसंस्था मान्नेहरू फटाहा, मुर्ख र अज्ञानी भएको आरोप लगाएपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आपत्ति जनाएका हुन्।

श्रेष्ठले ओलीको अभिव्यक्तिले राजसंस्था पक्षधरको आस्था र भावनामा चोट पुर्‍याएको बताए। उनले ओलीहरू ०६३ को आन्दोलनताका कति फटाहा थिए? भन्दै प्रश्न पनि गरेका छन्।

‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छ। आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ’ श्रेष्ठले फेसबुकमार्फत भनेका छन्, ‘०६३ सालसम्म के ओलीजीहरू पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो?’

 

 

प्रकाशित: १७ वैशाख २०८० १९:१६ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast