एसीसी प्रिमियर कप : वर्षाका कारण सेमिफाइनलका खेल रोकिए

हिमाल प्रेस १६ वैशाख २०८० १६:३८ | Saturday, April 29, 2023
एसीसी प्रिमियर कप : वर्षाका कारण सेमिफाइनलका खेल रोकिए

काठमाडौँ- एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भइरहेका सेमिफाइनलका खेल वर्षाका कारण अवरुद्ध भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल-कुवेत र मूलपानी क्रिकेट मैदानमा भइरहेको यूएई-ओमानबीचको खेल वर्षाका कारण अवरुद्ध बनेका हुन्।

कुवेत र नेपालीबीचको खेलमा नेपाल बलियो स्थितिमा पुगेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा २८१ रन बनाएको थियो। जितका लागि २८२ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ३७ रन बनाएर ५ विकेट गुमाएको अवस्थामा खेल रोकिएको छ। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका छन्। वर्षाका खेल ५० ओभरबाट घटाएर ४२ ओभरको गराइएको हो।

त्यस्तै यूएई र ओमानबीचको खेल प्रतिस्पर्धात्मक अवस्थामा पुगेर रोकिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा २३६ रन बनाएको थियो।

जितका लागि २३७ रनको लक्ष्य लिएर खेलिरहेको ओमानले ४३ ओभरमा १९० रन बनाएर ६ विकेट गुमाएको छ। ओमानलाई जितका लागि ४२ बलमा ४७ रन चाहिएको अवस्थामा खेल रोकिएको छ।

कुवेतलाई २८१ रनको लक्ष्य

प्रकाशित: १६ वैशाख २०८० १६:३८ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast