लुम्बिनीका मुख्यमन्त्री चौधरीले आउँदो सोमबार विश्वासको मत लिने

हिमाल प्रेस १६ वैशाख २०८० ६:४९ | Saturday, April 29, 2023
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आउँदो सोमबार विश्वासको मत लिने

काठमाडौँ- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन्।

सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन्।

बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको उनी निकट स्रोतले जानकारी दियो।

सोमबार विश्वासको मत लिएपछि मंगलबारभित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाएका छन्।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन, राष्ट्रिय जनमोर्चा, नेकपा ९एकीकृत समाजवादी०का एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ।

 

प्रकाशित: १६ वैशाख २०८० ६:४९ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast